नेकपा एमाले अलोकतान्त्रिक पार्टी बन्यो : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको आरोप लगाएका छन् । ।
बुधवार मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेकपा एमालेभित्रका अलोकतान्त्रिक विचारलाई हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिए।
उनले भने ‘अहिलेपनि हेर्ने हो भने पार्टी भित्र अलोकतान्त्रिक चरित्रहरु विद्यमान छन् । त्यसैले पार्टीहरुको लोकतान्त्रिककरण गर्न आवश्क छ । यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमाले भित्र भएको अलोकतान्त्रिकनीति भन्दा नेता प्रधान भन्ने विचारमा गईरहेको छ । म आवहान गर्छु एमालेका कार्यकर्तालाई पार्टी भित्रको गलत विचारलाई पहिचान गर्नुहोस् र पार्टीलाई लोकतान्त्रिक बनाउँनुहोस् ।’
सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी भएको उनको भनाइ छ ।