नेपालमा निर्वाचन प्रणाली खर्चिलो भएको रास्वपा सभापति लामिछानेको भनाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा निर्वाचन प्रणाली खर्चिलो भएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद लामिछानेले को को कसरी सांसद भएर प्रतिनिधिसभामा आएका छन्, त्यो छर्लङ्ग भएको बताए ।
उनले भने ‘ निर्वाचन प्रणाली खर्चिलो छ । सम्झिएर छातीमा हात राखेर भन्नुस त यो निर्वाचन प्रणलीबाट कयौं पार्टीहरुमा टिकट पाउनका लागि कति पैसा बुझाउनु प¥र्यो ? चुनावमा जान कति खर्च गर्नु प¥यो । अनि त्यो पैसा कहाँबाट असुल उपर हुन्छ । यहाँ ठूलो ठूलो कुरा गर्ने कैयौं माननीय ज्युहरुले पनि कुन ढंगले राजनीतिक यात्रा अगाडि बढाउनु भयो र कुन बाटो हुँदै संसद आउनु भयो भन्ने कुरा छर्लङ्ग छ । त्यसैले यो अत्यन्त खर्चिलो निर्वाचन प्रणाली छ । ’