जनता असन्तुष्ट छन्,नयाँपन खोजिरहेका छन् : डा. बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जनताले खोजेको र चाहेको कुरा दिननसक्दा देशको परिस्थिति फरक हुँदै गएको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजितकार्यक्रममापूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले वैज्ञानिक भूमि सुधार लागू गरेर किसानहरुलाई जमिनमापहुँचदिननसक्नु गलतभएको बताए । यस्तै शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षामाथि सबै जनताको अधिकार स्थापितगर्न नसक्नु र उद्योग धन्दाखोलेर रोजगारी सिर्जना गर्न नसक्दाजनतामाव्यापक असन्तुष्टि पलाएको उनको निष्कर्ष छ ।
उनले भने ‘ हाम्रो क्रान्ति एक प्रकारको हलालक्रान्तिथियो छिनाल क्रान्तिथिएन ।त्यसले गर्दा कतिपययर्थाथीवादी सत्यहरु, अलिकतिपश्चगामी सत्यहरुसंग पनिहामीले सम्झौतागर्न बाध्यभयौं । त्यसले गर्दा हामीले जुनप्रकारका नीतिहरु सञ्चालनगर्न सक्नु पथ्यो, त्यो सकेनौ,जस्को कारण जनताको विश्वास हामीबाट उड्दै गयो । ’