श्रम विभाग यति खिइएर बसेको रहेछ,उठ्न सक्ने अवस्था देखिएनः श्रम मन्त्री भण्डारी
काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालयमै घरेलु रोजगारीको लागिप्रश्नचर्चा केहि नभएको भन्दै वैदेशिक रोजगार विभागउठ्न नसक्ने अवस्थामा रहेकोबताएका छन् ।
‘नेपाल चेम्बर एक्स्पो २०२३’द्वारा आयोजितकार्यक्रममाउनले शरणार्थी प्रकरणमा व्याङ्ग्यात्मक रुपमाबोल्लै भने,‘अहिले भर्खर बाहिर यति कुरा उठिराखेको छ यहाँमानिस बेचेर अथवामानिसकै कारोबार भैराखेको छ,मैले के भन्नखोजेकोभने, म जुनजिम्मेवार मन्त्रालय सम्हालेर बसेको छु,मन्त्रालयमा गएर हेर्दा मन्त्रालयको नामअनुसार काम केही देख्दै देखिन ।’
उनले थपे, ‘श्रम विभागयतिखिइएर बसेको रहेछ उठ्न सक्ने अवस्थापनिविभागको देखिएन्,अनि रोजगारका कुरा गर्दा वैदेशिक रोजगार बाहेक घरेलु रोजगारको बारेमाप्रश्नचर्चा काँही केहीपनि छँदै छैन्’ ।
श्रम मन्त्रालयमाश्रमको लागि केहीपनिकार्य नहुँदात्यसलाई श्रम भन्दापनि वैदेशिकमन्त्रालयभन्नुपर्ने अवस्थाआएको उनले जिकिर गरे ।
त्यस्तै, उनले श्रम,रोजगार र वैदेशिक रोजगारीका कुरा उद्योग वाणिज्यसंग जोडिएको विषय रहेको बताए ।
श्रम बजार व्यवस्थित,सुरक्षितर मर्यादितनभएसम्मउद्योग अगाडि बढ्न नसक्ने बताएकाउनले नेपालभौगोलिक रुपले दुई ठूला अर्थतन्त्रभएको देशको बीचमा रहेकाले दुबै देशको बजारसंग नेपालले फाइदालिनुपर्ने धारणा राखे । उनलेआयातनिर्यातको अवस्था हेर्दा अन्तरपरनिर्भरताभन्दापनिपूरै आर्थिक परनिर्भरतामा नेपाल रहेको भन्दै नेपालले सोच्नुपर्ने स्थिति आएको बताए ।
‘संसारको सबैभन्दा ठूलो इकोनोमीभएको मुलुकहाम्रो दुई तिर बसेको छ । तर,किनहामीले अहिलेसम्मयसको फाइदालिन सकेको छैनौं,हामीआन्तरिक परनिर्भरताभन्दापनिपूरै परनिर्भर किन छौं,आन्तरिक निर्भरताको अवस्थामाआउनकिन सकिरहेका छैनौं, मलाई लाग्छ यसमागहिरिएर सोच्नुपर्ने अवस्थाआएको छ ।’ भण्डारीले भने ।
उनले सरकार व्यवसायी रनिजी क्षेत्रको कुरा सुन्न तयार रहेको उल्लेख गरे ।
त्यस्तै, कार्यक्रममा सहभागी अर्थ सचिवमधु कुमार मरासिनीले नेपाललाई अन्तर्राष्ट्रिय जगतले दिएको मायालाई पहिचानगर्न नसकेको बताए । उनले नेपालीउत्पादनलाई अन्तर्राष्ट्रिय जगतमानिकै मायामिलिरहेको र त्यसलाई सरकार र व्यवसायीले अवसरको रुपमालिएर नेपालीउत्पादनलाई ब्राण्डिङ गर्न लाग्नुपर्ने धारणा राखे । उनले नेपालीउत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सक्ने गरि राजस्व छुट लगायतका कुरालाई ध्यानमा राखेर दुई तीनवटा नीति परिवर्तन गरेर अगाडि बढेको समेत बताए ।
निर्यात प्रवद्र्धन, वैदेशिकलगानीआकर्षण र अन्तर्राष्ट्रिय आर्थिक क्रियाकलापलाई ध्यानमा राखी नेपालीउत्पादनको बजारीकरण गर्ने हेतुले काठमाडांैमाबिहीबारबाट सुरु भएको उक्तएक्स्पो आगामी जेठ आठ गते सम्मचल्ने छ ।