विधिको शासन सबैलाई लागू् हुनुपर्ने सांसद प्रकाशमान सिंहको धारणा
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहलेविधिको शासन सबै तहको मानिसमा लागू हुनुपर्ने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै सांसद सिंहले विधिको शासन लागू हुनुपर्छ भन्नेले मैले ल्याएको कानून मलाई नै लागू भयो भन्ने सोंचगलत भएको बताए । उनले हरेक कुरामा विधिको शासन हुनुपर्छ भन्दै कसैलाई पाखा कसैलाई काखा लगाउन नहुने धारणा व्यक्त गरे।
उनले भने, विधिको शासन लागू हुनुपर्छ भन्नेले मैले ल्याएको कानून मलाई लागू हुदैँन् । भन्ने होईन् नि, भ्रष्टाचार भएपनि हरेकको कुरामा विधिको शासन हुनुपर्छ । कसैलाई पाखा कसैलाई काखा लगाउन हुदैँन् । यो सबैलाई बराबर विधिको शासन हुनैपर्छ । अहिलेको यो नक्कली भुटानी शरणार्थीको बारेमा जुन आईरहेको छ, विधिको शासन सबैले पालना गर्नुपर्ने भन्ने विषयमा जोड दिनुपर्छ । नीति कार्यक्रममा पनि राखेको छ । तीन तहको सरकारलाई पूरा अधिकार दिने कुरा पनि संसदबाट पारित गर्नुपर्ने जोड दिन चाहन्छु । ’
उनले जनताको विश्वास जित्नको लागि सीमित स्रोतको प्रयोग गरेर जनतालाई सबैभन्दा प्रभाव पारिरहेका मुद्दाहरुमाथि केन्द्रित भएर बजेट निमार्ण गर्नुपर्ने बताए ।