हवाईरुटको विषयमा भारत भ्रमण उपलब्धिपूर्ण हुने प्रधानमन्त्रीको विश्वास
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले, यस पटकको भारत भ्रमण हवाई रुट र सिमा समस्या समाधानकालागि उपलब्धिपूर्ण हुने विश्वास व्यक्ति गरेका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनगर्दै उनले यो पटक हवाई रुट, सिमामादेखिएका समस्यालगायतकाविषयमाआफ्नो भारत महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले भने,‘१७गते म भारत भ्रमणमा जादैँ छु । यो पटकको भारत भ्रमण अलि विशिष्ट हुने मैले विश्वास लिएको छु । दुवै देशको जुनतयारीको क्रमचलेको छ । हामीपनिलगातार भारत भ्रमणलाई सफलबनाउनत्यो नेपालको राष्ट्रिय हित, नेपालीजनताको आवश्यकतालाई सम्बोधन गर्ने एउटा विशिष्ट भ्रमण होस भन्नको निम्तिलगातार मेहेनतगरिहेका छौं । हामीले यो पटक हवाई रुटको लागि केही हुन्छ कि भन्ने कुरा लिएर जादैँ छौं, बोर्डरको समस्यालगायतअन्य समस्याहरु समाधान गर्ने देष्टिकोणले पनि यो पटकको भ्रमण अरु बेलाको भन्दा सफलहुने विश्वास लिएको छु । नेपालको हित र विकासको काममाकुनै पनि सम्झौतानगरिने विश्वास दिलाउन चाहान्छु । ’
उनले बजेटमा धेरै नयाँकार्यक्रम र योजना राख्ननसकेपनि७५३ वटै पालिकामा कृषिउत्पादन वृद्धि गर्ने र युवाहरुलाई रोजगार दिने एउटा कार्यक्रम समेटिएकोले यो बजेट जनताको पक्षमाकाम गर्ने उनको भनाई छ ।
उनले भने, ‘धेरै जटिल परिस्थितिमाहामीले नीतितथाकार्यक्रमल्याएका छौ ।हिजो निकै चर्कोबहसको संसदबाट त्यो पारित भयो, भोलि बजेट आउँदैछ । नीतिकार्यक्रममा सम्बोधन गरिएको कुरालाई बजेटले साथदिएनभने नीतिकार्यक्रमकागजमात्रबन्न जान्छ । हाम्रो पूरै कोशिस छ बजेटले त्यसलाई सम्बोधन गरोस् । यो बजेटमा हामीले धेरै नयाँकार्यक्रमहरु, धेरै नयाँ योजना राख्न सक्ने स्थिति छैन्, तर ७५३ वटै पालिकामा कृषिउत्पादनमा वृद्धि गर्ने र युवाहरुलाई रोजगार दिने एउटा क्रान्तिकारी कार्यक्रमहामी प्रस्तुतगर्दै छौ । त्यसले यो बजेट जनताको पक्षमाकाम गर्ने बजेटको रुपमा स्थापितहुनेछ, विश्वास व्यक्त गर्न चाहान्छु ।’
प्रधानमन्त्री प्रचण्डले देश पछाडि पर्नु र अर्थतन्त्रमा संकट आउनुको मुख्यकारणको रुपमा रहेको संस्थागतवेतिथि, भ्रष्टाचार, बेइमानीविरुद्ध आफूले लडाँइको सुरुवात गरेको तर्क गरे ।