संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं । आज साँझ संवैधानिक परिषद्को बैठक बस्दै छ। लामो समयबाट रिक्त रहेको सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्ति लगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
संबैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा बैठक साँझ ६ बजे बस्नेछ ।
बैठकमा लामो समयबाट रिक्त रहेको सर्वोच्च अलादतको प्रधानन्यायाधीश नियुक्ति गर्ने विषयमा छलफल हुनेछ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक अन्तिम समयमा आएर रोकिन पुगेको थियो । विधेययकमा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार दिने लगायतका बुँदा थप गरेर ल्याइएको भन्दै संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएपछि उक्त विधेययक फिर्ता भयो ।
बैठकमा सभामुख,उप–सभामुख,प्रमुख प्रतिपक्षि दलका नेता लगायत सहभागी हुनेछन् ।