मिरा चौधरीसहित चार जना एआईजीमा बढुवा
सरकारले नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू सन्दीप भण्डरी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गरेको हो ।
यसअघि १३ चैतमा गृह मन्त्रालयको बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।