आजको फलफूलतथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजीन्युनतम ५० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीयकाउलीको मूल्य३०रुपैयाँपुगेको छ । हिजोको तुलनामाकाउलीको मूल्यप्रतिकेजीपाँच रुपैयाँले बढ्दा आलुको मूल्यमा सामान्यगिरावट आएको छ ।
यस्तै, काँक्रो ९० रुपैयाँ,कागती २३० रुपैयाँ, कुरीलो २५०, कोइरालो २३०,हरियो खुर्सानी ६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ,लोकलगाजर७० रुपैयाँप्रतिकेजीमाकिनबेच भएको छ ।
गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, लोकलसिमी २० रुपैयाँ, चमसूरको साग९० रुपैयाँ, पालुंगो साग ९०,घिरौला३०,तिते करेला ४०, तोफु १२० रुपैयाँमाकिनबेच भइरहेको छ ।
हिजोको तुलनामाराजमासिमीको मूल्यमादश र चमसुरको सागमादश रुपैयाँले मूल्य घटेर आएको छ ।
यस्तै आजबकुल्ला७०, पाकेको फर्सी ३०,लोकलबन्दा २०,ब्रोकाउली ५०, बरेला ४०,भान्टा लाम्चो ३०, मटरकोशा ८०, सेतो लोकलमूला १५ ,धनियाँ ४०,स्कूस ३० रुपैयाँप्रतिकेजीरहेको छ ।
फलफूलमाकालो अंगुरको न्यूनतममूल्यप्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, केरा दर्जनको १७० रुपैयाँ, अनार २५०,रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ, र किवि ४०० रुपैयाँ रहेको छ ।
हिजोको तुलनामाआभोकाडो र किविको मूल्य स्थिर रहँदाकालो अंगुर र हरियो अंगुरको मूल्यमा समानदश रुपैयाँ घटेको छ भने अनारको मूल्यआज२५ रुपैयाँले बढेको छ ।