संसदमाहाजिर गरेर टाप कस्ने सांसदहरुको संख्या बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सदनमाहाजिर गरेर घर जाने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बिहानहाजिरमा १६२ जनाभएपनि बेल्का ६१ जनामात्रभएको भन्दै बैठक सकिएपछि पनिहाजिर गर्नुपर्ने व्यवस्थागर्न माग गरेका छन् ।
उनले आफूले बैठक सकिएपछि मात्रहाजिर गर्ने घोषणा गर्दै सदन जस्तो स्थानमापनि यस्तो हुने हो भने यसले जनता र समाजमानकारात्मकप्रभाव पर्ने बताए ।
उनले भने ‘ संसदको एउटा बैठक सञ्चालनगर्न लाखौं रुपैयाँखर्च हुन्छ, यहाँनीतिबसाल्ने बहसहरु चल्छ ।बैठकमा बिहानहाजिर गर्नेको संख्या १६२ जनाहुनुहुन्थयोभने बेलुकाजम्मा ६१ जनामात्र, गजबलाग्यो । यसलाई चलनचल्तीको भाषामाहाजिर गरेर टाप कस्ने भनिन्छ । यसलाई हाटा भन्दो रहेछ सदनमा यस्तो नचले हुन्थ्यो भन्ने मेरो आग्रह । सदनमापनि यस्तो भयो भने यसले समाजमा कस्तो सन्देश जान्छ होलाहामीले फेरि लोकतन्त्र, संसदीयगरिमा, मर्यादाका भाषणहरु यहाँबाट निस्किएर बाहिर गएर गर्दा के सन्देश जान्छ ।’
सांसद ढकालले विधेयक पेश गर्ने समयमा सदनमा२ पटकसम्म पनि गणककोसंख्यानपुगेरसमस्याहरु देखिएको हुनाले यस्तो प्रवृत्तिलाई हटाउनु पर्ने बताए ।