प्रतिनिधिसभा बैठक बस्दै, के छ आजको कार्यसूचिमा ?
काठमाडौं। प्रतिनिधिसभाको आज(बुधवार) दिउँसो १ बजे बस्ने तय भएको छ । आजको बैठकमा पेश गर्न एउटा मात्रै कार्यसूची तय गरिएको संसद सचिवालयले बताएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट पारित‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी बैठकमा प्रस्ताव राखिने कार्यसूचि रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सोहि बैठकको आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो धारणा राख्न सभामुखले समय दिन सक्नेछन् ।