छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप
दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ ।
दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै छात्राले जाहेरीमा दिएकी छन् ।
पीडित किशोरीले दिएको जाहेरीमा छात्रावासमा बसेर एसइइ परीक्षाको तयारी गरिरहेका बेला सोमवार राति बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ।