एमाले मधेस प्रदेश सरकारबाट बाहिरिँदै
मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेको श्रोतले जनाएको छ ।
एमालेसँगको गठबन्धन भत्किए पनि सरकारबाट एमाले नबाहिरिँदा गठबन्धनभित्रका राजनीतिक दलहरूलाई अप्ठ्यारो हुन थालेपछि राजीनामा दिन लागेको एमालेका एक जना सांसदले बताएका छन् ।