३ सय ५० जना भन्दा बढी अल अक्सा मस्जिदबाट पक्राउ
पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।
मास्क लगाएर मस्जिदभित्र ढुङ्गा मुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जानकारी दिएको छ ।