वरिष्ठ उपाध्यक्षतर्फ ८ सय मत गन्दा रामचन्द्रको अग्रता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी छ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
वरिष्ठ उपाध्यक्षतर्फ कुल खसेको १ हजार ७ सय मत अहिलेसम्म ८ सय मत गनिएको छ ।
त्यसमध्ये रामचन्द्रले ३१७ मतसहित अग्रता बनाएका छन् । रामचन्द्रले ३१७ मत ल्याउँदा अन्जनले २५५ र उमेशलालले २१९ मत ल्याएका छन् ।