आफ्नै देशको काठ कुहाएर विदेशबाट काठ आयातगर्नु अनुचित
काठमााडौं । सांसद लेखनाथदाहालले आफ्नै देशको काठ कुहाएर विदेशबाट काठ आयातगर्नु उचितनहुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद दाहालले अरबौँको काठको आयातलाई रोकेर देशमै रहेको काठको प्रयोग गर्न उपयुक्तवातावरण बनाउन सरकारलाई आग्रह गरे ।
उनले भने‘ अहिले अरबौँको काठ आउँदै छ भन्ने मैले सुनेको छु । त्यो आउँदै गरेको काठको आयातलाई रोक्नुप¥यो र हाम्रो देशमै रहेको काठको प्रयोग गर्न उपयुक्तवातावरण बनाउनआग्रह गर्छु ।’
सांसद दाहालले सरकार संसदप्रतिउत्तरदायीहुनुपर्ने पनिबताए । उनले सरकारकोनीति योजना र बजेट केन्द्रीकरणनभए संसद सांसदहरुको नहुने टिप्पणी गरे ।
उनले भने‘ संसद जनताप्रतिउत्तरदायी हुन्छ र सरकार संसदप्रतिउत्तरदायी हुनुपर्छ संसद विश्लेषण हो भने, सरकार संश्लेषण हो । संसदमा देशभरिको समस्याको केन्द्रिकरण हामी संसदमा गर्छौ,त्यो समस्याको प्राथमिकीकरण गरेर समाधानकाउपाय सहित सरकारले नीति योजनाकार्यक्रम र बजेटमा केन्द्रित हुनुपर्छ त्यसो गरियो भने मात्र संसद सच्चारुपमा सांसदहरुको हुन्छ ।’
सांसद दाहालले सांसदहरुको भूमिका संकुचितनबनाउनपनि सरकारको ध्यानाकर्षण गराए ।