पदम लिम्बूलाई सरकारले गर्यो सहिद घोषणा
सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बूलाई सहिद घोषणा गरेको छ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए।
सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।