बसन्तपुर डबलीमा बिस्काजात्राविशेष फोटो प्रदर्शनी
काठमाडौं ।भक्तपुरस्थितमध्यपुर थिमीनगरपालिकाका रमध्यपुर पर्यटन विकास समितिले बिस्काजात्राको फोटो प्रदर्शनी गरेको छ । फोटो प्रदर्शनी काठमाडौको बसन्तपुर डबलीमा आयोजनागरिएको छ ।
बिहीवार बिहान ११ बजेबाट सुरु भएको फोटो पदर्शनी साँझ ५ बजेसम्मचल्ने छ । नयाँवर्ष २०८० को उपलक्ष्यआयोजनागरिएको प्रदर्शनमा सहभागिहुनमध्यपुर थिमीनगरपालिकाकामेयर सुरेन्द्र श्रेष्ठ, उपमेयर विजयकृष्ण श्रेष्ठलगायतकाव्यक्तिबसन्तपुर पुगेका थिए। २ बैशाखहुने सिन्दुरे तथाजिब्रो छेड्ने जात्राको सम्वन्धमाजानकारी दिने उद्येश्यले फोटो प्रदर्शनीगरिएको मध्यपुर थिमीका मेयर श्रेष्ठले बताए ।
उनले भने,‘मध्यपुर थिमीनगरपालिकामा २७ चैतदेखि ऐतिहासिकबिस्काजात्रा सुरु भएको छ । यसको सम्वन्धमापर्यटकलाई जानकारी दिनु पर्नेछ । त्यसैका लागिफोटो प्रदर्शनीगरिएको हो । २ बैशाखमासिन्दर तथाजिब्रो छेड्ने जात्राआयोजनाहुँदैछ । यसको सम्वन्धमापनिप्रचारप्रसार गर्नु पर्ने देखियो । त्यसैका लागिफोटो प्रदर्शन गरेको हौं ।’
बसन्तपुर क्षेत्रपर्यटकको केन्द्रभएको हुँदाफोटो प्रर्दशनीकालागि सोही ठाउँ रोजिएको मेयर श्रेष्ठको भनाई छ । फोटो प्रदर्शनीपछि जात्राअवलोकन गर्न देशबिदेशबाट पर्यटक भक्तपुर आउने उनको विश्वास छ । प्रदर्शनीमाबिस्काजात्रासँग सम्वन्धित९० फोटो समावेश छन् ।