राजनीतिक अस्थिरताले देशको अर्थतन्त्रलाई सुध्रने मौका दिएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता लगायतका कारणले अर्थतन्त्रलाई नराम्रोसंग धक्का दिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले बजेट र नीति निर्माणको कार्य अन्तिम चरणमा पुगेको भन्दै मुलुकको अर्थतन्त्र संकटलाई सकारात्मक रुप दिने प्रयास भईरहेको बताए ।
‘भूकम्प र कोभिडले गर्दा नराम्रोसंग धक्का खायो हाम्रो अर्थतन्त्रले र राजनीतिक उत्तरचढाव र अस्थिरताले गार्दा पनि यसमा असर परेको छ । यसलाई मैले मेरो तेस्रो कार्यलमा चुनौती र अवसरको रुपमा हेरेको छु । निजी र सार्वजनिक क्षेत्रको कार्यलाई प्रभावकारी नबनाई अर्थतन्त्रमा देखा परेको दवाव भनेर नै मैले यो प्रकृया सुरु गरेको छु । राजनीतिक उत्तरचढाव र अस्थिरताको कारणले जति गतिका साथ जानुपर्ने हो त्यति जान अप्ठ्यारो परेकै हो । ’
अब सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशा दिन सम्पूर्ण तागत लगाएर कार्य गर्ने र यस्तो कार्यले उत्साहजनक परिस्थिति सिर्जना गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेको सकारात्मक अभ्यासले अर्थतन्त्र लगायत अन्य क्षेत्रमा देखिएको समस्याहरुको समाधान हुने विश्वास समेत व्यक्त गरे ।