नेपाली सेनाको टोलीद्वारा ऐतिहासिक गोरखा–जितगढी पदयात्रा सुरु
काठमाडौं । नेपाली सेनाको टोलीले बुधबारदेखि गोरखा–जितगढी पदयात्रा शुरु गरेको छ ।
ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरहरुको संरक्षण‚ सम्वद्र्धनर प्रवद्र्धन गर्ने तथा नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ पदयात्रा शुरु भएको हो ।
पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गरेको पदयात्रामा नेपालको राष्ट्रियझण्डासहित नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ ओटा स्थायी कम्पनी श्रीनाथ, कालीबक्स,पुरानो गोरख, वर्दवाणी र सबुज गण सहभागी छन् । पदयात्रामा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखाजिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोलीसहभागी रहेको छ ।
पदयात्रा गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करिब २०७किलोमिटरको दूरीको हुनेछ ।
गोरखा नगरपालिका वडा नं. ६ स्थित गोरखा दरबारबाट शुरु भएको पदयात्रा गोरखा, तनहुँ, स्याङ्गजा,पाल्पा हुँदै बैशाख ७ गते रुपन्देहीको बुटवलस्थित जितगढी पुगेर समापन हुनेछ ।