महावीरको माग पूरा भए युवा वर्गको बर्हिगमन रोकिन्छ : झलनाथ खनाल
काठमाडौं । नेकपाएकीकृत समाजवादीका सम्मानित नेताझलनाथखनालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकमहावीर पुनको नेतृत्वमाभइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
आईतबार प्रदर्शनस्थल माइतीघर मण्डला पुगेर पुनद्वारा जारी धर्नामा सहभागीहुँदै खनालले पुनकामागहरु सम्पूर्ण जनताको हितको पक्षमाभएको भन्दै यसमाआफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए ।
उनले भने, उहाँले जुनप्रकारको विचार अगाडि सारेर देशमा वैज्ञानिक अनुसन्धान हुनुपर्छ, यो हाम्रो राष्ट्रको आवश्यकता र हितका कुराहरु हुन् । आन्दोलन गर्नुपर्ने अवस्था राम्रो होईन् यो कुरा सरकारले आफै गर्नुपर्ने, हाम्रो देशका वैज्ञानिकहरुलाई प्रोत्साहनगर्नुपर्ने हो । यो दुःखद कुरा हो ।उहाँको चार वटा मागहरु सम्पूर्ण जनताले समर्थन गर्नुपर्ने मागहरु भएकोले हाम्रो पार्टीले पनिसमर्थन गर्छ । ’
नेताखनालले वार्ता र सम्झौता गरेर देशमा वैज्ञानिक आविष्कारका कुराहरु अगाडि बढाउन सरकार र प्रधानमन्त्री प्रतिवद्ध हुनु आवश्यकभएको पनिबताए ।
उनले अबको बजेटमा वैज्ञानिक आविष्कारको विषयलाई समेटेर यो क्षेत्रमाविकास गर्ने हो भने देशका सक्षमयुवाहरुलाईबहिर्गमनबाट रोक्न सकिने भन्दै यसको लागिआवश्यककामहरु अघि बढाउन सबैलाई आग्रहपनिगरे ।
महावीरको माग पूरा भए युवा वर्गको बर्हिगमन रोकिन्छ ः झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
आईतबार प्रदर्शनस्थल माइतीघर मण्डला पुगेर पुनद्वारा जारी धर्नामा सहभागी हुँदै खनालले पुनका मागहरु सम्पूर्ण जनताको हितको पक्षमा भएको भन्दै यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए ।
उनले भने, उहाँले जुन प्रकारको विचार अगाडि सारेर देशमा वैज्ञानिक अनुसन्धान हुनुपर्छ, यो हाम्रो राष्ट्रको आवश्यकता र हितका कुराहरु हुन् । आन्दोलन गर्नुपर्ने अवस्था राम्रो होईन् यो कुरा सरकारले आफै गर्नुपर्ने, हाम्रो देशका वैज्ञानिकहरुलाई प्रोत्साहन गर्नुपर्ने हो । यो दुःखद कुरा हो । उहाँको चार वटा मागहरु सम्पूर्ण जनताले समर्थन गर्नुपर्ने मागहरु भएकोले हाम्रो पार्टीले पनि समर्थन गर्छ । ’
नेता खनालले वार्ता र सम्झौता गरेर देशमा वैज्ञानिक आविष्कारका कुराहरु अगाडि बढाउन सरकार र प्रधानमन्त्री प्रतिवद्ध हुनु आवश्यक भएको पनि बताए ।
उनले अबको बजेटमा वैज्ञानिक आविष्कारको विषयलाई समेटेर यो क्षेत्रमा विकास गर्ने हो भने देशका सक्षम युवाहरुलाई बहिर्गमनबाट रोक्न सकिने भन्दै यसको लागि आवश्यक कामहरु अघि बढाउन सबैलाई आग्रह पनि गरे ।