श्री एयरलाइन्सको उडानमा लगाएको रोक शुक्रबार साँझ फुकुवा
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सो एयरलाइन्सलाई उडानमा लगाएको रोक शुक्रबार साँझ फुकुवा गरेको छ ।
नियमनकारी नियकाय प्राधिकरणले शुक्रबार दिनभर श्री एयरलाइन्सका सबै विमानको जाँच गरेको र सर्तसहित उडान अनुमति दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणले उडानमा रोक लगाएपछि सो एयरलाइन्सका विमान शुक्रबार ग्राउन्डेड भएका थिए ।