पद बाँढफाढका लागि मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजेमात्र बस्ने भएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मंगलबार दिउँसो ४ बजे १० दलीय गठबन्धनको बैठक बस्ने तय भएको जानकारी दिए । सो मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ ।