मिटरब्याजी पीडित र सरकारबीच ६ बजे वार्ता हुने
सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको छ । सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिइन् ।
