राष्ट्रपतिका लागि एकीकृत समाजवादीले पौडेललाई मत दिने निर्णय
फागुन २५ गते हुुने राष्ट्रपतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।