भारतका विपक्षी नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजाय हुँने
फौजदारी मानहानि अभियोगमा भारतका विपक्षी नेता राहुल गान्धीलाई गुजरातको स्थानीय अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०१९ को घटनामा सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो । तर, उनी तत्काल जेल भने जाने छैनन् । किनभने उनलाई ३० दिनका लागि जमानत दिइएको छ र उनले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराउन सक्नेछन् ।
चार वर्षअगाडि गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए । उनले कसरी ‘सबै चोरको थर मोदी हुन्छ’ भन्दै प्रश्न गरेका थिए ।