एक साथ सुरू भयो पोखरामा चार विमानस्थलबाट रात्रिकालीन उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो ।
काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा भएको छ । यी जहाज बिहानै सोही गन्तव्यका लागि उडेका छन् । कम्पनीका अनुसार बिहान पोखराबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् ।