मधेश सरकारले रामजानकी रंगशालामा दुई अर्ब लगानी गर्ने घोषणा
जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन मधेश सरकारले दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ रजौलस्थित निर्माणधीन रंगशालाको बुधबार स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो घोषणा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरेको एक अर्ब र मधेश सरकारले थप एक अर्ब गरी दुई अर्ब रुपैयाँ लगानी गरेर रंगशालालाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताए ।
मुख्यमन्त्री यादवले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाएर र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने समेत घोषणा गरे ।