एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।