जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा २ जना पक्राउ
पाल्पामा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।
मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । बुधबार दिउँसो पक्राउ परेका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।