ट्रक र विङगर ठोक्किंदा सप्तरीमा १४ जना घाइते
सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बुधबार मध्यराति सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २६०८ नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको बा.०१-०२८ च २२१५ नम्बरको विङगर एक आपसमा ठोक्किएका हुन ।
घाइते हुनेहरुमा सबै विङगरमा सवार चालक र यात्री छन् ।