मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ ।
मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् । माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ । उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको स्रोतले जनाएको छ ।