हात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट गए राति मकवानपुरsf] बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको छ ।
गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको थियो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको हो ।