सुदूरपश्चिममा नागरिक उन्मुक्तिको उपस्थित बिना सुरु भयो बैठक
सुदूरपश्चिममा नागरिक उन्मुक्तिको उपस्थित बिना सुरु प्रदेश सभाको बैठक सुरु भएको छ । अपह्वान ४ बजे सुरु भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् । सो प्रस्तावमाथि छलफल पछि सभामा मत विभाजन हुने छ ।
मुख्यमन्त्री नियुक्ति हुँदा नागरिक उन्मुक्तिको समेत समर्थन पाएका रावलले सो पार्टीको विश्वासको मत भने पाउने सम्भावना न्यून भएको छ ।