राष्ट्रपतिको उम्मेदवार छान्न दलहरू लागे तिव्र छालफल
राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरू आन्तरिक बैठक र छलफलमा जुटेका छन् ।
राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने सयम आउन एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक र अन्तर पार्टी छलफललाई तीव्रता दिएका हुन् ।
निर्वाचन आयोगले राष्ट्रपतिका लागि उम्मेदवारी दिन फागुन १३ गते शनिवार १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेता पनि एक दिन अघिसम्म प्रमुख राजनीतिक दलहरूले राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।