यान्त्रिक अवस्था ठिक नभएका २१ सवारी साधनका चालकलाई कारबाही
काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा काठमाडौंको कलंकीमा १ सयभन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक ठिक नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २१ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।