आमाको हत्या आरोपमा छोरा प्रकाउ
आमालाई बन्चरोले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले कैलालीबाट मृतकको छोरालाई पक्राउ गरेको छ । लम्की चुहा नगरपालिका –६ बाग माराका ४० वर्षीय श्रीराम थारुले आफ्नै आमाको हत्या गरेका हुन् । ७१ वर्षीय लगुनी थरुनीको हत्या आरोपमा श्रीराम लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काले बताए ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते लगुनीको उपचारको लागि नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।