बालुवाटारमा प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछाने बालुवाटार पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएको बताएको छ ।