फागुन २१ गते विश्वासको मत लिदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गते विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री शाहको सचिवालयका अनुसार कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने वचन दिएका छन्।
यसअघि एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले कांग्रेसलाई भने समर्थन गर्ने बताएको छ।