लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषिमन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।
सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् ।