रुपन्देहीको सैनामैनामा कार र ट्रक ठोकीयो
रुपन्देहीको सैनामैनामा कार र ट्रक एकआपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन बीचको जंगलमा भएको दुर्घटनामा ४ जना घाइते भएका हुन् ।
दुर्घटनामा कारमा सवार बाँके राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया शुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्चिम सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएका छन् ।