राष्ट्रसंघको मानवअधिकार परिषद बैठकमा गोविन्द बन्दीले गरे नेपालको प्रतिनिधित्व
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औं बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।