आगामी फागुन १ गते २८ औँ जनयुद्ध दिवस मनाउँदै
नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन १ गते देशैभर जनयुद्ध दिवस मनाउने भएको छ ।
आगामी फागुन १ गते २८ औँ जनयुद्ध दिवस मनाउँदै छन् । मूल पार्टी माओवादी केन्द्रले फागुन १ गते केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा भव्य कार्यक्रमको आयोजना गर्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । माओवादीबाट विभाजित भएका पार्टीहरुले समेत जनयुद्ध दिवस मनाउँदै छन् ।
तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धमा जाने उद्घोष गरेको दिनलाई हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।