बालुवाटारमा पुराना गठबन्धनका नेताहरु राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्दै
तत्कालीन पाँच दलीय गठबन्धनबाट राष्ट्रपतिमा साझा उम्मेदवार बनाउन प्रयास गरिने भएको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी गरेपछि छलफलबाट एउटा व्यक्तिलाई मात्रै साझा उम्मेदवार बनाउन प्रयास थालिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुराना गठबन्धनका नेताहरु राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गरी रहेका छन् ।