अझै अनिश्चित बन्यो प्रचण्ड–ओली भेटवार्ता
प्रधानमन्त्री एव् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रवार हुने भनिएको निर्णायक भेटवार्ता अनिश्चित भएको छ ।
बिहीबार साँझ तीन दलको बैठकपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवारका बारेमा शुक्रवार एमाले अध्यक्ष ओलीसँग भेटेर निर्णायक छलफल गर्ने बताएका थिए । तर, दुवै नेताका निजी सचिवालयले प्रचण्ड–ओलीबीच भेटवार्ताको समय तय भैनसकेको बताएका छन् ।