जनताले प्रजातन्त्र आएको अनुभुती कहिले गर्ने ?
आज प्रजातन्त्र दिवस । जनताले जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था नै प्रजातन्त्र भन्ने बुझिन्छ । प्रजातान्त्रीक मुलुकमा जनताले आफ्ना आधारभुत आवश्क्ता स्वास्थ्य, शिक्षा, रोजगार, सुरक्षा जस्ता कुराहरु सहज रुपमा प्रप्त गर्नुपर्ने हुन्छ ।
तर पछिल्लो समय प्रजातन्त्र भनिएको व्यवस्थामा जनताले जनताका लागि जनताद्वारा नभइ नेताले नेताका लागि नेताद्वारा शासन चलाउदै आएका छन् । जहानिया राणा शासन व्यवस्थामा राणाहरुकै परिवारका सदस्यहरु अर्थात छोरा, बुहारी छोरी, भाइ, भतिज जस्ता नातेदारले मात्र शासन गर्ने, सरकारका महत्वपुर्ण पदमा राणा राणाहरुकै परिवारका सदस्यहरु रहने गरेका थिए । अहिलेको प्रजातान्त्रीक व्यवस्थामा पनि नेताको परिवारका सदस्यहरुले नै राजनैतिक बिरासत समाल्दै आएका छन् । स्थानिय सरकार देखि केन्द्र सरकारसम्मै नेता छोरा, बुहारी छोरी, भाइ, भतिजले शासन चलाही रहदा प्रजातन्त्र आएको अनुभुती जनताले गर्न पाएका छैनन् ।
प्रजातन्त्रको अवसरमा नेताका निज स्वार्थका लागि आफ्ना पार्टिका कार्यकताले करोडौँ ठगी गरेर जेल परेका, दर्जनै मान्छे मारेर सजाय भोगिरहेका कैदिहरुलाई राज्यले आम माफी गर्नाले प्रजातन्त्रको नाममा सर्वसाधारण जनता झन् पीडित हुँदै गएका छन् ।
पछिल्लो समय स्वास्थ्य, शिक्षा, रोजगार, सुरक्षा जस्ता कुराहरु आफ्नो पहुँच भन्दा बाहिर गैरहेको अनुभुती सर्वसाधारण जनतालाई भैरहेको छ । दिन दिनै जनतामा निराशा र चिन्ता उत्पन्न भैरहेको पाहिन्छ । जनताको आर्थिक अवश्था दिन प्रतिदिन खस्किदै गएको छ भने नेताको आर्थिक अवश्था प्रतिदिन उस्किदै गएको छ । यस्तो अवश्थामा जनताले प्रजातन्त्र आएको अनुभुती कहिले गर्ने ?