राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानको चरम लापरबाही
घोराही उपमहानगरपालिका– अस्पाराकी २५ वर्षीया महिला सुत्केरी हुने समय नजिकिएपछि माघ १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन् ।
ब्लड ग्रुप परीक्षणका क्रममा उनको ब्लड ग्रुप ‘बी पोजेटिभ’ भएको जानकारी दिइयो ।
घोराही उपमहानगरपालिका– अस्पाराकी २५ वर्षीया महिला सुत्केरी हुने समय नजिकिएपछि माघ १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन् ।
ब्लड ग्रुप परीक्षणका क्रममा उनको ब्लड ग्रुप ‘बी पोजेटिभ’ भएको जानकारी दिइयो ।
प्रतिष्ठानले ब्लड गुप्रमै त्रुटि गरेको कुरा तबमात्र थाहा भयो, जब माघ १५ गते पुनः जाँच गर्दा ब्ड गुप्र ‘ओ पोजेटिभ’ नै आयो । त्यसपछि उनले प्रतिष्ठानले सुरुमा दिएको रिपोर्ट नै गलत निकालेको रहेछ भनेर थाहा पाए ।
‘श्रीमती सुत्केरी हुँदा रगत चढाउनुपर्ने बेला दुई फरक ब्लड रिपोर्ट आएपछि अन्योलमा परें’ अधिकारीले भने, ‘दोस्रो पटक रगत जाँच गर्दामात्र प्रतिष्ठानले लापरबाही गरेको कुरा थाहा भयो ।’
संयोगवश उनले त्यसदिन ब्लड गुप्रबारे ख्याल गरे र ठूलो दुर्घटना हुँनबाट जोगिए । ‘प्रतिष्ठानले लापरबाही गर्दा झण्डै फरक समूह रगत चढाउनुपर्ने अवस्था आउँथ्यो’ उनले भने, ‘यस्तोमा ज्यान नै जोखिममा पर्न सक्थ्यो ।’
जनस्वास्थ्यमा हदैसम्मको लापराबाही गरेको भन्दै अधिकारीले सामाजिक सञ्जालमा राखेपछि मात्र केहीदिन अघि यो घटना बाहिर आयो । घटना बाहिर आएपछि प्रतिष्ठानले लापारबाहीबारे नागरिक स्तरबाट विरोध भइरहेको छ ।
यस घटनाबारे प्रतिष्ठानले विज्ञप्ति नै जारी गरी गल्तीसमेत स्वीकारेको छ । तर यतिसम्मको गम्भीर त्रुटी कसरी भयो त ?
प्रतिष्ठानका प्रवक्ता झंकार लामिछानेले ब्लड रिपोर्ट सही आए पनि मानवीय त्रुटीले रिपोर्टमय उर्तादा फरक पर्न गएको बताए । ‘ल्याबबाट आएको ब्लड रिपोर्ट ठिक नै छ, तर रिपोर्ट कार्डमा लेख्दा फरक पर्न गएछ’ उनले भने । फाइलमा ब्लड गुप्र ठिक नै भए पनि कम्युप्टरमा उर्तादा ब्लड गुप्र फरक गर्न गएको उनले बताए ।
उनले यसबारे कर्मचारीसँग स्पष्टीकरण समेत सोधिएको बताए । उनले आइतबार नै बैठक बसी आवश्यक कारवाही अघि बढाएको बताए । ‘यो गम्भीर त्रुटी नै हुन गयो’ उनले भने, ‘यस घटनाबारे थप स्पष्टीकरण सोधका छौं ।’ उनले यसखालका घटना अब नदोहोरिने बताए ।