आज एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन
आज एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ माघ २७ गतेदेखि बिक्री खुला गरेको हो । कार्यालय समयभित्र आज लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लागि यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर छुटाएको थियो ।