मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो
मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका(३ मा कालीगण्डकीमा खसेको छ । बस खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस करिब ४५ मिटर तल कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेता पनि मानविय क्षेति भने भएको छैन ।