ब्रेकफेल भएको टेम्पोलाई पार्किङभित्र छिराएर मानविय दुर्घटनाबाट जोगियो, ४ जना घाइते
ब्रेकफेल भएको टेम्पोलाई पार्किङभित्र छिराएर ठुलो दुर्घटनाबाट जोगिएको छ। अनामनगरबाट रत्नपार्फ गइरहेको बा१ह ३७४४ नम्बरको टेम्पो न्यु प्लाजा नजिकै रहेको प्राइम कमर्सियल बैंकको पार्किङमा छिराएको थियो ।
पार्किङ भित्र रहेका ४ वटा कारमा ठोक्किएको छ। दुर्घटनामा परेर टेम्पोका चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि काठमाडौँ मोडेल अस्पताल लगिएको छ।